हामी के हौँ?
Majito News Media Pvt. Ltd. द्वारा सञ्चालित majitonews.com सत्य, तथ्य र निष्पक्ष समाचार प्रस्तुत गर्ने डिजिटल माध्यम हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा विशेष केन्द्रित majitonews.com मा छिनछिनमै ताजा समाचार, खोजमूलक रिपोर्टहरूका अतिरिक्त शिक्षा, विज्ञान-प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरू निरन्तर सम्प्रेषण हुन्छन्।
त्यसैगरी, विश्वभर फैलिएका नेपाली ‘डायोस्परा’का सुख-दुःखका हालखबर र अन्तर्राष्ट्रिय घटनाक्रमलाई पनि हामीले प्राथमिकताका साथ स्थान दिँदै आएका छौँ।
majitonews.com चौबिसै घण्टा सामग्री ‘अपडेट’ गरिने नेपालकै एक अग्रणी र उत्तरदायी समाचार पोर्टल हो। डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्य-दृश्य (भिडियो) को माध्यमबाट वर्तमानको वस्तुनिष्ठ अभिलेख राख्दै इतिहासको रेखांकन गर्नु हाम्रो मुख्य ध्येय हो।
राष्ट्रियता, समावेशिता, सुशासन, प्रेस स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै जातीय, क्षेत्रीय र धार्मिक सद्भाव संवर्द्धनमा हामी अग्रमोर्चामा छौँ।
हाम्रो देश सुशासनयुक्त र समृद्ध बनोस् भन्ने जनआकांक्षा र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै, परिवर्तनका उपलब्धिलाई जनस्तरसम्म पुर्याउन जिम्मेवार पत्रकारिता मार्फत योगदान दिनु हाम्रो कर्तव्य हो।
हामी के गर्छौँ?
सामान्यतया पत्रकारिताले नकारात्मक, बेथिति र समस्यालाई मात्र उजागर गर्छ भन्ने छाप जनमानसमा छ। तर majitonews.com ले त्यतिमा मात्र आफूलाई सीमित राख्दैन।
सकारात्मक कामको सम्मान
हामी समाजमा राम्रो र सकारात्मक काम गर्नेहरूलाई प्रोत्साहन गर्छौँ र सफलता हासिल गर्नेहरूको योगदानलाई उच्च सम्मान गर्छौँ।
गलत कामको खबरदारी
कसैले गलत काम गर्छ, भ्रष्टाचार गर्छ वा समाजलाई हानि पुर्याउँछ भने हामी बिना कुनै हिचकिचाहट त्यसको पर्दाफास पनि गर्छौँ।
प्रलोभनमा परेर नराम्रोलाई राम्रो वा पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्नु हाम्रो निष्ठाविपरीत हो। जो कसैले गरेको भए पनि राम्रोलाई ‘राम्रो’ र गलतलाई ‘गलत’ भन्ने नैतिक बल हामीसँग छ।
सार्वजनिक ओहोदामा रहेका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मलाई उनीहरूको कर्तव्य र जिम्मेवारीप्रति सजग र उत्तरदायी बनाउन हामी निरन्तर प्रश्न गरिरहन्छौँ।
राज्यका निकाय, सुरक्षाकर्मी, निजामती कर्मचारी तथा निजी क्षेत्रका गतिविधिहरूमाथि निगरानी राख्दै सर्वसाधारण (भुइँमान्छे) को अधिकारको रक्षा गर्नु हाम्रो चुनौतीपूर्ण जिम्मेवारी हो।
पत्रकारिताको प्रमुख हतियार ‘प्रश्न’ हो। हामी तथ्यपूर्ण, सन्तुलित र उत्तरदायी पत्रकारिताको कसीमा सधैँ उम्दा ठहरिन प्रतिबद्ध छौँ।
तपाईंबाट हामी के चाहन्छौँ?
majitonews.com को मुख्य मेरुदण्ड भनेकै विश्वभर फैलिनुभएका हाम्रा लाखौँ पाठक, श्रोता र दर्शक हुन्।
तपाईं सिधै www.majitonews.com लगइन गरेर वा हाम्रा सामाजिक सञ्जाल (फेसबुक, एक्स, युट्युब आदि) मार्फत हामीसँग जोडिन सक्नुहुन्छ।
तपाईं पनि सूचना, तस्बिर, भिडियो पठाएर वा आफ्ना विचार र प्रतिक्रिया व्यक्त गरेर Majito News परिवारमा सामेल हुन सक्नुहुनेछ।
ध्यानाकर्षण तथा नियमहरू
- सकारात्मक सामग्री तपाईंले पठाउने सामग्री वा कमेन्ट मौलिक, सत्य-तथ्यमा आधारित, सिर्जनात्मक र शिष्ट हुनुपर्छ।
- अस्वीकार्य सामग्री राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक/जातीय/ धार्मिक सद्भाव बिथोल्ने, गालीगलौज, अश्लील, मानहानि वा दुष्प्रचार गर्ने नियतका सामग्रीहरू स्वीकार्य हुने छैनन्।
-
बौद्धिक सम्पत्ति अधिकार (Copyright)
majitonews.com का सम्पूर्ण सामग्री
(टेक्स्ट, फोटो, अडियो, भिडियो) को कपीराइट र
बौद्धिक सम्पत्ति अधिकार यसै पोर्टलमा निहित छ।
हाम्रा सामग्री गैर-व्यापारिक निजी प्रयोजनका लागि शेयर गर्न पाइनेछ, तर अनुमतिविना व्यवसायिक प्रयोग, तोडमोड वा हुबहु पुनर्उत्पादन गर्न पाइने छैन।
Majito News मा स्वागत छ
सबैको र सबैभन्दा भरपर्दो समाचार पोर्टल बन्ने प्रयासमा रहेको majitonews.com मा तपाईंलाई हार्दिक स्वागत छ। तपाईं-हाम्रो यो सहयात्रा निरन्तर अगाडि बढिरहोस्!
हामीसँग सम्पर्क गर्नुहोस्
सूचना, समाचार सामग्री, सुझाव, प्रतिक्रिया वा सहकार्यका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
majitonews@gmail.com